यूएस ओपन टेनिसकी च्याम्पियन नाओमी ओसाकाले फ्रेन्च ओपन नखेल्ने भएकी छिन्।
जापानी खेलाडी ओसाकाले चोटका कारण २७ सेप्टेम्बरबाट सुरु हुने फ्रेन्च ओपन खेल्न नसक्ने बताएकी हुन्।
दुई प्रतियोगिताहरु नजिक हुँदा तयारी गर्न र ठीक हुनका लागि पर्याप्त समय नभएको भन्दै फ्रेन्च ओपन नखेल्ने जनाएकी हुन्।
करियरको तेस्रो ग्रान्ड स्लाम उपाधि उचाल्ने बेलामा ओसाकाले भिक्टोरिया एजारिन्कामाथि १–६, ६–३ र ६–३ को सेटमा हराएकी थिइन्।
प्रतिक्रिया