ad ad

खेल


कनर मकग्रेगरले भनेः म म्यानी प्याकियोसँग बक्सिङ रिङमा भिड्दैछु

कनर मकग्रेगरले भनेः म म्यानी प्याकियोसँग बक्सिङ रिङमा भिड्दैछु

नेपालखबर
असोज १०, २०७७ शनिबार ७:४,

खेलबाट सन्यास लिएका ३२ वर्षीय मकग्रेगरले चर्चित बक्सर म्यानी प्याकियोसँग बक्सिङमा प्रतिस्पर्धा गरेर खेलमा कमब्याक गर्ने बताएका हुन्।

आयरल्यान्डका कनरले यूएफसी फेदरवेट र लाइटवेट च्याम्पियन्सिप जितेका छन्। ४१ वर्षका प्याकियो भने आठ पटक भिन्दाभिन्दै तौलमा विश्व च्याम्पियन्स जित्ने ऐतिहासिक खेलाडी हुन्।

यसअघि मकग्रेगरले सन् २०१७ मा मे वेदरसँग बक्सिङ रिङमा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला मकग्रेगर हारेका थिए। प्याकियोसँग प्रतिस्पर्धा भए कनरको यो दोस्रो बक्सिङ प्रतिस्पर्धा हुनेछ।

यी दुवै खेलाडीले अन्तिमपटक सन् २०१९ मा आ–आफ्नो विधामा प्रतिस्पर्धा गरेका थिए। जसमा दुवैले जित निकालेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .