ad ad

खेल


ईएफएल : लिभरपुललाई पराजित गर्दै आर्सनल क्वार्टरफाइनलमा

ईएफएल : लिभरपुललाई पराजित गर्दै आर्सनल क्वार्टरफाइनलमा

नेपालखबर
असोज १६, २०७७ शुक्रबार १:५२,

लिभरपुललाई सडनडेथमा पराजित गर्दै आर्सनल इंग्लिस फुटबल लिग (ईएफएल) कप अर्थात् कारवाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। योसँगै ईएफएलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

क्वार्टरफाइनलमा आर्सनल र म्यानचेस्टर सिटी, ब्रेन्टफोर्ड र न्युक्यासल युनाइटेड, एभर्टनविरुद्ध म्यानचेस्टर युनाइटेड र स्टोक सिटीविरुद्ध टोटेनहम भिड्नेछन्।

एनफिल्डमा बिहीबार राति भएको खेलमा निर्धारित समय गोलरहित बराबरीमा टुगिंएपछि पेनाल्टी सुटआउट र त्यसपछि सडनडेथमा आर्सनल ५–४ ले विजयी भएको हो।

पेनाल्टी सुटआउटमा आर्सनलका एलक्सान्द्रे लाकाजेट, सेडरिक सोआरेस, एन्सले मेटल्यान्ड निल्स, निकोलस पेपे र जोसेप विललकले गोल गर्दा तेस्रो पेनाल्टी प्रहार गरेका मोहमेद इलाने चुकेका थिए।

लिभरपुलका जेम्स मिल्नर, जर्जिनो वाइनाल्डम, ताकुमी मिनामिनो र कर्टिस जोन्सले गोल गर्दा चौथो पेनाल्टी प्रहार गरेका डिभोक ओरिगी र छैटौं पेनाल्टी प्रहार गरेका ह्यारी विल्सन चुके।

गएराति नै भएको अर्को खेलमा ब्रेन्टफोर्डले फुलहमलाई ३–० ले तथा स्टोक सिटीले एस्टन भिल्लालाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .