ad ad

खेल


धोनीले कीर्तिमान रचेको खेलमा चेन्नाईको हार

धोनीले कीर्तिमान रचेको खेलमा चेन्नाईको हार

नेपालखबर
असोज १७, २०७७ शनिबार १:१०,

इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ।

हैदरावादले दिएको १६४ रनको लक्ष्य पछ्याएको चेन्नाई ५ विकेट गुमाएर १५७ रनमै समेटियो।

चेन्नाईका सुरुवाती चार ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न नसक्नु हारको मुख्य कारण बन्यो। चेन्नाईले पहिलो १० ओभरमा ४ विकेट गुमाएर ४४ रनमात्रै बनाउँन सकेको थियो।

त्यसपछि क्रिजमा आएका कप्तान महेन्द्रसिंह धोनीले रवीन्द्र जडेजासँग मिलेर ७२ रनको साझेदारी गरे पारी सम्हालेपनि जितका लागि त्यो पर्याप्त भएन।

रवीन्द्र जडेजाले ३५ बलमा ५ चौका र २ छक्कासहित ५० र महेन्द्रसिंह धोनीले ३६ बलमा ४ चौका र एक छक्कासहित ४७ रन जोडेपनि चेन्नाईले हारको सामना गर्नुपर्यो।

यसै खेलमार्फत धोनीले आइपीएलमा सबैभन्दा बढी खेल खेल्ने खेलाडीको कीर्तिमान आफ्नो नाम लेखाए। यसअघि आइपीएलमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी चेन्नाई कै सुरेश रैना थिए।

यो आइपीएलमा धोनीको १९४ औं खेल थियो। १९४ खेलमा धोनीले ४५२३ रन बनाएका छन। यता सुरेश रैनाले १९३ खेलमा ५३६८ रन बनाएका छन।

रैना भने पारिवारिक समस्या कारण यो सिजनको आइपीएलमा सहभागी भएनन। उनी दुबई पुगेर पनि घर फर्किएका थिए।
त्यस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो। उसका प्रियम कर्गले २६ बलमा ६ चौका र एक छक्कासहित ५१ रनको अर्धशतकीय पारी खेलेको थिए।

यस्तै अविशेक शर्माले ३१, मनिष पाण्डेले २९ र डेविड वार्नले २८ रन जोडे।

चार खेलमा हैदरावादको यो दोस्रो जित हो। चार अंकसहित टोली चौथो स्थानमा छ। यता चारमध्ये तीन खेलमा हार ब्यहोरेको चेन्नाई भने पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .