ad ad

खेल


आईपीएलमा वाट्सन र डु प्लेसिस चम्किएपछि पञ्जाबविरुद्ध चेन्नईको शानदार जित

आईपीएलमा वाट्सन र डु प्लेसिस चम्किएपछि पञ्जाबविरुद्ध चेन्नईको शानदार जित

नेपालखबर
असोज १९, २०७७ सोमबार ५:३१,

शेन वाटसन र फाफ डु प्लेसिसको कीर्तिमानी साझेदारीमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ। चेन्नईले लिगमा दोस्रो जित दर्ता गर्दा पञ्जाबले भने चौथो हार भोगेको छ।

पञ्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ दशमलव ४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो। ओपनर शेन वाटसन र फाफ डु प्लेसिसले १ सय ८१ रनको अविजित साझेदारी गरे। यो चेन्नईका कुनै पनि ब्याट्सम्यानले कुनै पनि विकेटका लागि गरेको सर्वाधिक उच्च साझेदारी हो।

शेन वाटसन ५३ बलमा ११ चौका र ३ छक्का सहित ८३ रनमा नटआउट रहे। फाफ डु प्लेसिस ५३ बलमा ११ चौका र १ छक्का सहित ८७ रनमा अविजित रहे।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रनको योगफल तयार पारेको थियो। पन्जाबका कप्तान तथा ओपनर लोकेश राहुलले ५२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए।

पन्जाबलाई ओपनर राहुल र मयंक अग्रवालले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए। ग्लेन म्याक्सवेल ११ र शरफराज खान १३ रनमा अविजित रहे।

शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा, पियुष चवलाले १–१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .