ad ad

खेल


बेंग्लोरलाई ५९ रनले पराजित गर्दै दिल्ली आईपीएलको शीर्षस्थानमा

बेंग्लोरलाई ५९ रनले पराजित गर्दै दिल्ली आईपीएलको शीर्षस्थानमा

नेपालखबर
असोज २०, २०७७ मंगलबार ५:२६,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स् इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा फर्किएको छ।

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो।

दिल्लीले ५ खेलमा ४ मा जित र १ मा हार भोग्दै ८ अंकका साथमा शीर्ष स्थानमा छ भने मुम्बई ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ। बेंग्लोर ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकमा नै तेस्रो स्थानमा छ।

दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बेेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रनमात्र जोड्न सक्यो। ओपनर आरोन फिन्चलाई १३ रनमा क्याच आउट भए। एनरिच नोर्टजेले एबी डिभिलियर्स ९, मोइन अली ११ रनमा क्याच आउट भए।

निकै कसिलो बलिङ गरेकाे दिल्लीका बलरसामू बेंग्लोरका ब्याट्सम्यानहरु निरिह देखिए। कप्तान विराट कोहली ४३ रनमा आउट भएपछि बेंग्लोर दबाबमा आएको थियो। वासिन्टन सुन्दर १७ रनमा क्याच आउट भए। नवदीप सैनी १२ रनमा अविजित रहे।

 अक्षर पटेल र इनरिच नोर्टजेले समान २ विकेट लिए। रविचन्द्रन आश्विनको नाममा १ विकेट रह्यो।

त्यसअघि बेंग्लोरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रनको योगफल तयार पारेको थियो। ओपनर पृथ्वी शा र शिखर धवनले ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए। चौथो विकेटका लागि ऋषभ पन्त र स्टोइनिसले ४३ बलमा ८९ रनको उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए।

दिल्लीका स्टोइनिस २६ बलमा ६ चौका र २ छक्कासहित ५३ रनमा नटआउट रहे। जारी सिजनमा स्टोइनिसको दोस्रो अर्धशतक हो। उनले २४ बलमा अर्ध शतक प्रहार गरे। ऋषभ पन्तले ३७ रन जोडे। सिम्रन हेटमायर ७ बलमा १ छक्कासहित ११ रनमा अविजित रहे। मोहम्मद शिराजले २ तथा मोइन अली र इसुरु उडानाले १–१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .