अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोल्दाभाको पोस्टमा इटालीले आधा दर्जन गोल प्रहार गरेको छ।
बुधबार राति भएको खेलमा इटालीले माल्दोभालाई ६–० अन्तरले पराजित गर्यो।
बायर्न क्रिस्टान्टेको गोलबाट इटालीले अग्रता लिएको थियो। लगत्तै फेन्सेस्को कापुटोले अग्रता दोब्बर पारे।
३० औं मिनेटमा स्टेफिन इल साउरोको गोल गरे। ३७ औं मिनेटमा माल्दोभाका भेसियलोभ पोसमाकले आफ्नै पोस्टमा गोल गरे।
यस्तै पहिलो हाफको इन्जुरी समयमा स्टेफिनले दोस्रो गोल गरेपछि पहिलो हाफमा नै इटाली ५–० ले अघि रह्यो।
दोस्रो हाफमा डोमिनिको बेरार्डीले गोल गर्दै इटालीलाई ६–० को जित दिलाए।
प्रतिक्रिया