ad ad

खेल


जिरुउड बने फ्रान्सबाट सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी

जिरुउड बने  फ्रान्सबाट सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी

नेपालखबर
असोज २२, २०७७ बिहिबार ४:११,

फरवर्ड ओलिभर जिरुउडले  १००औं अन्तर्राष्ट्रिय खेलमा कीर्तिमानी दुई गोल गरेका छन्। याेसँगै जिरुउडले १०० खेलमा ४२ गोल गरेका हुन्।

गएराति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले युक्रेनलाइ ७–१ को फरकिलो अन्तरले पाखा लगाएको छ। ओलिभर जिरुउडले खेलको २४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारका थिए।

पहिलो हाफको ३४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेसँगै जिरुउड फ्रान्सबाट सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका हुन्। उनीभन्दा अघि थिएरी हेनरी १२५ खेलमा ५१ गोल गरेका छन्।

युक्रेनविरुद्ध दुई गोल गरेसँगै उनले मिचले प्लाटिनी (४१) गोललाई पछि पारेका हुन्।

यूईएफए नेसन्स लिगको तेस्रो र चौथो राउन्ड अघिको तयारीको लागि भएको मैत्रीपूर्ण खेलमा फ्रान्सको ओलिभर जिरुउडले दुई तथा इडुआर्डी कामाभिंगा, कोरेन्टिन टोलिसो, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले गोल गरे।

एक गोल उपहार पाउँदा युक्रेनका भिक्टोरले सान्त्वना गोल फर्काए।

गएराति नै भएको मैत्रीपुर्ण खेलमा पोल्याण्डले फिनल्याण्डलाइ ५–१ र इटालीले मोलडोभालाइ ६–० ले हराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .