ad ad

खेल


मुम्बईले दियो आइपीएलमा दिल्लीलाई ठूलो झट्का

मुम्बईले दियो आइपीएलमा दिल्लीलाई ठूलो झट्का

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार १५:०,

प्लेअफमा स्थान बनाउँने लक्ष्यसहित मैदान उत्रिएको दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग(आइपीएल)मा ठूलो झट्का दिएको छ।

सुरुमा दिल्लीलाई ११० रनमै रोकेको मुम्बईले १४.२ ओभरमा १ विकेटमात्रै गुमाएर लक्ष्य भेटाएको थियो। म्यान अफ द म्याच मुम्बईका इसान किसनले ४७ बलमा ८ चौका र ३ छक्कासहित ७२ रन बनाए।

यस्तै क्वीन्टन डिककले २६ र सुर्यकुमार यादवले १२ रन जोड्दै मुम्बईलाई जित दिलाए।

दिल्लीको यो लगातार चौथो हार हो। जितसँगै प्लेअफमा स्थान बनाउँने उसको लक्ष्यलाई मुम्बईका तीव्र गतिका बलरले पूरा हुन दिएनन।

मुम्बईका जसप्रित बुम्राहले ४ ओभरमा १७ रनमात्रै खर्चेर ३ तथा ट्रेन्ट बोल्टले त्यतिनै ओभरमा २१ रन खर्चेर ३ विकेट लिए।

पहिले नै प्लेअफमा स्थान बनाइसकेको मुम्बईको यो नवौं जित हो। १३ खेलमा १८ अंकका साथ मुम्बई शीर्ष स्थानमा यथावत छ।

दिल्लीको यो छैटौं हार हो। १३ खेलमा उसको १४ अंक छ। दिल्लीले प्लेअफमा स्थान बनाउँन बाँकी अन्तिम खेल जिते पुग्छ।

दिल्लीका कप्तान श्रेयस ऐय्यरले २५ बाहेक र ऋषब पन्तले २१ बाहेक अन्यले सम्झनलायक प्रदर्शन गरेनन।

यस खेलमा दिल्लीले तीन परिवर्तन गरेपनि नेपालका सन्दीप लामिछानेलाई भने मौका दिएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .