नेपाली लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास क्रिकेटमा होबार्ट हरिकेन्समा अनुबन्ध हुने भएका छन्।
२ सिजन मेलवर्न स्टार्सबाट खेलेका सन्दीप यो सिजन नयाँ टोलीमा आवद्ध हुन लागेका हुन्। मेलवर्न र सन्दीपबीच नयाँ सम्झौता नभएपछि उनी कुनै पनि फ्रेन्चाइजीमा थिएनन्। होबर्ट र सन्दीपबीच कति मूल्यमा सम्झौता भयो भन्ने बारेमा भने केही खुलेको छैन।
सन्दीपसँगै अफगानिस्तानका अर्का स्पिनर जहिर खानलाई पनि होबार्टले अनुबन्ध गर्न लागेको डेलीमेलले जनाएको छ। जहिर यसअघि ब्रिसवेन हिटबाट खेल्दै आएका थिए।
यता उनको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले भने भोलि, पर्सिमा नै उनको र नयाँ टिमको बारेमा टुङ्गो लाग्ने जनाएका छन्।
792
Shares
प्रतिक्रिया