ad ad

खेल


प्रथम टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकीले उचाल्यो

प्रथम टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकीले उचाल्यो

नेपालखबर
फागुन २, २०७७ आइतबार ९:४८,

विभागीय दबदबालाई पाखा लगाउँदै गण्डकी प्रदेश घरेलु भलिबलमा बलियो टोलीको रुपमा उदाएको छ।

शनिबार पोखरा रगंशालाको भलिबल कोर्टमा भएकोे प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको पुरुषतर्फको गण्डकी प्रदेशले उचालेको हो। घरेलु टोली गण्डकी प्रदेशले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै नयाँ च्याम्पियन बन्यो। प्रतिस्पर्धात्मक फाइनलमा गण्डकीले पहिलो, तेस्रो र पाँचौं सेटमा जित निकाल्दै च्याम्पियन बनेको हो।

गण्डकीले पहिलो सेटमा आर्मीलाई २५–२२ ले हराएको थियो। दोस्रो सेटमा आर्मीले गण्डकीलाई २५–२१ ले हरायो। तेस्रो सेटमा गण्डकीले आर्मीलाई ३२–३० ले पाखा लगाएको थियो। चौथो सेटमा आर्मीले गण्डकीलाई २५–२३ ले हराएपछि फाइनल खेल थप रोमान्चक बन्न पुग्यो। रोमान्चक तथा निर्णयक फाइनल सेटमा गण्डकीले आर्मीलाई १५–११ ले हराउँदै उपाधि जितेको हो।

गण्डकी प्रदेशका ओपन स्पाइकर घनश्याम चौधरी सर्वोत्कृष्ट खेलाडी भए। सर्वोक्तकृष्ट खेलाडी बनेका घनश्यामले २० हजार रुपैयाँ प्राप्त गरे। पुरुषतर्फ उत्कृष्ट ब्लकर त्रिभुवन आर्मीका हरि अधिकारी, उत्कृष्ट सर्भर आर्मीकै शरण समारी क्षेत्री, उत्कृष्ट स्पाइकर आर्मीका दानबहादुर भट्ट क्षेत्री, उत्कृष्ट सेटर गण्डकी प्रदेशका सूजन चोखाल, उत्कृष्ट डिफेन्डर गण्डकीका राजन दर्लामी मगर चुनिए। गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक भए। व्यक्तीगत विधातर्फका उत्कृष्ट सबैले जनही ५ हजार रुपैयाँ प्रात गरे।

यता नेपाल एपीएफ क्लवलाई पराजित गर्दै नेपाल पुलिस क्लवले महिलातर्फको उपाधि उचालेको छ। पुलिसले एपीएफलाई ३–० को सेटमा पाखा लगाएको हो। पुलिसले एपीएफलाई २५–२२, २५–२२ र २५–२१ ले हराएको हो।

महिलातर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी बनिन्। उषाले २० हजार रुपैयाँ पाईन्। उत्कृष्ट ब्लकर नेपाल एपिएफकी हिरा केसी, उत्कृष्ट सटर पुलिसकी कमला पुन, उत्कृष्ट सर्भर होङ्ग्वान्जी न्यु डायमन्ड स्पोट्र्स क्लबकी प्रतिभा माली, उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट डिफेन्डर पुलिसकी सान्तिकला तामाङ चुनिए।

रुपेश विष्ट महिला भलिबलका उत्कृष्ट प्रशिक्षक भए। व्यक्तिगत विधातर्फका उत्कृष्ट सबैले जनही ५ हजार रुपैयाँ प्रात गरे।

दुवैतर्फका विजेताले उपाधिसहित १ लाख ५० हजार प्राप्त गरेका छन्। उपविजेता टोलीले ७५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .