काठमाडौं ब्याडमिन्टन एकेडेमीले १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चर्चित ब्याडमिन्टन खेलाडीलाई सम्मान गरेको छ।
काठमाडौंमा एक कार्यक्रमबीच एक दर्जन खेलाडीहरुलाई सम्मान गरिएको हो।
सम्मानित हुनेमा अनुपमा मास्के श्रेष्ठ, विद्या भण्डारी थापा, वृन्दा पौडेल सिम्खडा, जयन्ती पाण्डे बस्नेत छन्।
त्यस्तै कल्पना राणा, राजदेवी मानन्धर, रजनी मैया जोशी, रिता अधिकारी विष्ट, शान्ति मानन्धर, शिला केसी प्रधान, शुभ श्रेष्ठ र रिता थापालाई पनि सम्मान गरिएको छ।
कार्यक्रममा खेल पत्रकार सरिता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।
प्रतिक्रिया