स्पेनमा हुने भनिएको नेपाल सम्मिलित त्रिदेशीय क्रिकेट शृंखला स्थगित भएको छ।
नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकु¥यालले शृंखला रद्द भएको जानकारी दिएका हुन्।
आईसीसी सीडब्लुसी लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीच एकदिवसीय शृंखला हुने तय भएको थियो।
क्यानले शृंखलाका लागि भन्दै २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियाे।
तर कोरोना महामारीको प्रभावलाई मध्यनजर गर्दै शृंखला जुलाई २०२२ सम्म स्थगित गरिएको हो।
3
Shares
प्रतिक्रिया