एएफसी महिला एसियन कप २०२२ को छनोट चरण खेलका लागि नेपाल हङकङ र फिलिपिन्स रहेको समूह ‘एफ’मा परेको छ।
एएफसीले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह ‘एफ’मा परेको हो।
समूह चरणका खेलहरु १३ देखि २५ सेप्टेम्बरसम्म हुने तय छ। छनोटमा सहभागी हुने २८ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।
४ समूहमा ४ टोली र ४ समूहमा ३ टोली छन्। हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा स्थान बनाउनेछ।
एएफसी एसियन कप २०२२ को जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुनेछ। प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन जापान, उपविजेता अष्ट्रेलिया, तेस्रो स्थानको चीन र आयोजक भारतले स्थान पक्का गरिसकेका छन्।
समूह ‘एफ’अन्तर्गतका खेलहरु नेपालले आयोजना गर्नेछ। नेपालले सबै खेल घरेलु मैदानमा नै खेल्नेछ। प्रतियोगिता दशरथ रंगशालामा नै हुने सम्भावना छ।
प्रतिक्रिया