खेल


स्पोर्ट्स युनिभर्सका सामानमा खेलाडीलाई २० प्रतिशत छुट

स्पोर्ट्स युनिभर्सका सामानमा खेलाडीलाई २० प्रतिशत छुट

नेपालखबर
चैत ८, २०८० बिहिबार १२:४७, काठमाडौँ

स्पोर्ट्स युनिभर्सले खेलाडीलाई सामान खरिदमा २० प्रतिशत छुट दिने भएको छ।

आफ्नो १०औँ वार्षिकोत्सवका अवसरमा युनिभर्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग सम्झौता गर्दै खेलाडीलाई सामान खरिदमा २० प्रतिशत छुट दिने बताएको हो। युनिभर्सले बिहीबार कार्यक्रम गर्दै खेलाडी संघसँग त्यस्तो सम्झौता गरेको हो।

सम्झौतापत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र स्पोर्ट्स युनिभर्सका निर्देशक किशोरकुमार जोशीले हस्ताक्षर गरे।

सम्झौताको अवधि १ वर्षको छ। जसअनुसार राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रदेश र जिल्लाका खेलाडीलाई पनि स्पोर्ट्स युनिभर्सले आफूद्वारा उत्पादित खेल सामग्री र पोसाकमा २० प्रतिशत छुट दिनेछ।

त्यसका लागि खेलाडीले आफू खेलाडी भएको प्रमाणसहित एउटा फारम भरेर छुटको कार्ड लिनुपर्छ। 

युनिभर्सका अध्यक्ष किशोर कुमार जोशीले लामो समयदेखि आफूहरूले खेल सामग्री बिक्री गरिरहे पनि खेलाडीका लागि केही गरौँ भन्ने उद्देश्यले संघसँग सम्झौता गरेको बताए।

उनले भने, ‘खेलाडीले आफू खेलाडी हुँ भन्दै छुट माग्दै हिँड्नुभन्दा एउटा कार्ड बनाएपछि उनीहरूलाई पनि सहज हुन्छ। सबै खेलाडीले ब्रान्डेड सामान नै प्रयोग गर्छन् भन्ने हुँदैन त्यसैले यस्तो सुविधा ल्याएका हौँ।’

बानेश्वरबाट शंखमूल जाने बाटोमा रहेको स्पोर्ट्स युनिभर्समा फुटबल, क्रिकेट, भलिबल, ब्याडटिमन्टन, टेबल टेनिस, मार्सल आर्ट्सलगायत अधिकांश खेलका सामग्री र पोसाक बिक्रीका लागि राखिएको जोशीले बताए।

खेलाडी संघका अध्यक्ष श्रेष्ठले यो सम्झौताले खेलाडीहरूलाई सहयोग पुग्ने र आफूहरूका लागि खुसीको कुरा भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .