खेल


स्वदेश फर्किन डराएका २ इरानी महिला फुटबलरले पाए अस्ट्रेलियाको नागरिकता

स्वदेश फर्किन डराएका २ इरानी महिला फुटबलरले पाए अस्ट्रेलियाको नागरिकता

नेपालखबर
साउन २१, २०८३ बिहिबार १५:५९, काठमाडौँ

इरान सरकारको सार्वजनिक रूपमा विरोध गर्ने दुई इरानी महिला फुटबल खेलाडीले अस्ट्रेलियाको नागरिकता पाएका छन्।

३४ वर्षीया अतेफेह रमजानीजादेह र २२ वर्षीया फतेमेह पसान्दीदेहलाई बुधबार क्विन्सल्यान्डको ब्रिस्बेनमा आयोजित समारोहमा अस्ट्रेलियाको नागरिकता प्रदान गरिएको हो। 

नागरिकता पाएपछि रमजानीजादेहले ‘धेरै विशेष र अविस्मरणीय दिन’ भनिन्। 

उनको टोलीकी साथी पसान्दीदेहले भनिन्, ‘मेरा लागि यो क्षण शब्दमा वर्णन गर्न सकिन्न।’

मार्चमा महिला एसियाली कपको समयमा अस्ट्रेलिया आएका इरानी राष्ट्रिय टोलीका सात खेलाडीलाई मानवीय आधारमा भिसा दिइएको थियो। यद्यपि तीमध्ये पाँच जनाले पछि आफ्नो मन परिवर्तन गरे र इरान फर्किए।

अमेरिका-इजरायल र इरानबिच युद्ध सुरु भएको केही दिनपछि इरानी फुटबल टोलीले आफ्नो पहिलो खेलअघि राष्ट्रिय गान गाएन। त्यसपछि उनीहरूले आफ्नो देश फर्किएपछि परिणाम भोग्नुपर्ने त्रास बढेको थियो। 

अस्ट्रेलियामा रहेको इरानी समुदायको दबाबपछि अधिकारीहरूले खेलाडीहरूलाई शरणका लागि आवेदन दिने अवसर प्रदान गरे। अन्ततः रमजानिजादेह र पसनदीदेहले मात्र प्रस्ताव स्वीकार गरे। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad