ad ad

खेल


आशिफलाई पनि मधेश सरकारले २ लाख दिने

आशिफलाई पनि मधेश सरकारले २ लाख दिने

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १०:४४, जनकपुरधाम

मधेश प्रदेश सरकारले नेपाली क्रिकेट टोलीका खेलाडी आशिफ शेखलाई २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ। 

बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले गतसाता आशिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आशिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन्। 

पर्साको वीरगन्ज निवासी आशिफलाई २०२२ फेब्रुअरी १४ मा आयरल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा आयरिस खेलाडी एन्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउँदा पनि खेलभावना देखाउँदै रनआउट नगरेपछि आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) ले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ प्रदान गरेको हो। 

सो म्याचमा एन्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसँग जुधेर लडेपछि आशिफको हातमा बल आएको थियो। रनआउट गर्ने सहज मौका हुँदा पनि उनले रनआउट गरेनन्। आईसीसीले आशिफको खेलभावनाको उच्च सम्मान गर्दै वर्षको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरेको हो। 

हालै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध आशिफले उत्कृष्ट प्रदर्शन गर्न नसके पनि प्रतियोगिताभर उत्कृष्ट  प्रदर्शन गरेका थिए। 

यसअघि प्रदेश सरकारले गुलशन झा र आरिफ शेखलाई पनि जनही दुई/दुई लाख प्रदान गर्ने घोषणा गरेप पनिआशिफलाई पुरस्कार नदिएपछि प्रदेश सरकारको कडा आलोचना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .