खेल


मध्यराति सन्दीप लामिछानेले लेखे– मविरुद्ध षड्यन्त्रमा संलग्न सबैको नाम सार्वजनिक गर्छु

मध्यराति सन्दीप लामिछानेले लेखे– मविरुद्ध षड्यन्त्रमा संलग्न सबैको नाम सार्वजनिक गर्छु

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार ७:५८, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै यो ‘षड्यन्त्र’ रच्ने सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।  

विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको दिन बुधबार मध्यराति उनले फेसबुकमा दोस्रो स्टाटस लेख्दै आफूविरुद्ध जाल बुन्नेहरूको नाम चाँडै सार्वजनिक गर्ने दाबी गरेका हुन्। 

उनले लेखेका छन्, ‘म कानुन र सम्मानित अदालतको आदेशको सम्मान गर्छु, तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने वाचा गर्छु।’

यसअघि बुधबारै उनले आफू षड्यन्त्रको सिकार भएको र सबै कुरा भगवान्‌को हातमा रहेको भावुक स्टाटस लेखेका थिए।

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय तोकिएका सन्दीपको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ।

सम्भवतः उनले विश्वकप टोली घोषणा हुनुअघि नै आफ्नो मुद्दाको छिनोफानो चाहेका थिए।

त्यसो त सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले केही दिनअघि नेपालखबरसँगको कुराकानीमा कि जेल पठाउनुपर्ने कि खेल्न पठाउनुपर्ने भनेका पनि थिए।

तर उच्च अदालतले पेसी सारेको सार्‍यै गर्दा विश्वकप टोली घोषणा गर्ने दिन आइसक्दा पनि सन्दीपको मुद्दा किनारा लाग्न सकेन।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:info@nepalkhabar.com
    News:news@nepalkhabar.com

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    advertising@nepalkhabar.com
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .