ad ad

खेल


महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता

महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता

नेपालखबर
चैत २, २०७९ बिहिबार ११:६, महेन्द्रनगर

कञ्चनपुरको महेन्द्रनगरमा आज नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ। 

यहाँस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्मबीच प्रतिस्पर्धा हुनेछ। श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले उद्घाटन गरेको सो प्रतियोगिताको पहिलो खेलमा श्रीदल गुल्म कञ्चनपुरले विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमा बैतडीको हनुमानध्वज गुल्मलाई २–० सोझो सेटले हराउँदै श्रीदलले विजयी सुरुआत गरेको हो। 

त्यसैगरी प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा वीरभद्रजङ्ग गुल्म बझाङ विजयी भएको छ। सो खेलमा वीरभद्रजङ्ग गुल्मले गुरुगोरख गुल्म दार्चुलालाई २–० सोझो सेटले हराएको हो। प्रतियोगिता उद्घाटन समारोहमा सहभागी गुल्म तथा सैनिक टोलीले मार्चपास प्रस्तुत गरेका थिए। बाहिनीस्तरबाट छनोट हुने टोली आगामी चैतमा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी हुने नेपाली सेनाले जनाएको छ।

आगामी शनिबारसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन समारोहमा बाहिनीपति सहायक रथी ढकालसँगै रुद्रध्वज गण मझगाउँ ब्यारेकका गणपति प्रमुख सेनानी सागर कार्की बाहिनी तथा गुल्मका सैनिक अधिकृतलगायतको सहभागिता थियो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .