डडेल्धुराको आलीताल गाउँपालिकाका एक कर्मचारी सोमबार बाँधिएको अवस्थामा भेटिएका छन्।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ बुढीतोलामा आलीताल गाउँपालिकाका कर्मचारी लोकेन्द्र सिंह भण्डारी बाँधिएको अवस्थामा फेला परेको अध्यक्ष शेरसिंह पार्कीले बताए।
उनका अनुसार घर कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीबाट भण्डारी आफ्नै कारमा कार्यालय गइरहेका थिए।
‘सेल्फी खिचौँ’ भनेर कारबाट बाहिर बोलाएर अज्ञात समूहले आक्रमण गरेको छ, चक्कु पनि प्रहार भएको सुनिएको छ,’ अध्यक्ष पार्कीले नेपालखबरसँग भने, ‘कार लगेर भागेका छन्।’
उनका अनुसार कर्मचारी भण्डारी हात, खुट्टा बाँधेको अवस्थामा भेटिएका थिए।
अहिले उनलाई उपचारका लागि अत्तरियाको पदमा अस्पतालमा ल्याइएको छ। भण्डारी आलीताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन्।
3.1k
Shares
प्रतिक्रिया