ad ad

सुदूरपश्चिम


बस्ती बसेको बीस वर्षपछि बिजुली

बस्ती बसेको बीस वर्षपछि बिजुली

नेपालखबर
भदौ १२, २०७९ आइतबार १८:१९, कैलाली

कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ। नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो।

दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन्। खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुमवासी बसेका छन्। बीस वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य भएकामा अहिले बिजुली बत्ती बलेपछि टोलमा खुसीयाली छाएको मातादेवी नेपालीले बताइन्। 

यसअघि बिजुली नहुँदा गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेकामा अहिले सो बाध्यता हटेको उनले बताइन्। ‘बत्ती नहुँदा बर्खायाममा रातिको समयमा सर्प, बिच्छीको डर थियो’, उनले भनिन्, ‘बिजुली आएसँगै त्यो समस्या समाधान भएको छ, ढुक्कसँग बिजुली बाल्न पाएका छौँ र घरभित्र सुत्न पाएका छौँ।’

यसअघि पटक–पटक बिजली बत्तीका लागि सम्बन्धित निकायमा धाउँदा पनि मागको सुनुवाइ नभएको स्थानीयको भनाइ छ। लामो समयदेखि अन्धकारमा बस्न बाध्य सो टोलका बासिन्दाले पहिलोपटक बत्ती बाल्न पाएको उनको भनाइ छ।

नगरप्रमुख वीरेन्द्र भट्टले चुनावी अभियानका क्रममा गरिएका वाचा आफूले पूरा गरेको बताए। लामो समयदेखि अन्धकारमा बस्न बाध्य  टोलवासीले नगरपालिकाको पहलमा बिजुली बत्ती बाल्न पाएको उनले बताए। सो टोलले  बिजुली बत्ती पाए पनि बाटोघाटो र खानेपानीको समस्या भने यथावत् छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .