चट्याङ लागेर आइतबार दिउँसो कञ्चनपुरमा एक दम्पत्तिको मृत्यु भएको छ।
कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दीपक राना र उनकी श्रीमती २२ वर्षीया मन्त्रा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।
उनका अनुसार राना दम्पत्ति माछा मारेर घर फर्किरहेका बेला बाटोमा चट्याङ परेर घाइते भएका थिए।
‘माछा मारेर घर फर्किने बेला बाटोमा रुख नजिक चट्याङ परेर घाइते भएका थिए, उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो,’डीएसपी शाहले भने।
उनीहरुको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
453
Shares
प्रतिक्रिया