ad ad

सुदूरपश्चिम


ब्रह्मदेवमा दुई जना सशस्त्र प्रहरीलाई भारतीय नागरिकले गरे हातपात

ब्रह्मदेवमा दुई जना सशस्त्र प्रहरीलाई भारतीय नागरिकले गरे हातपात

गोकुल जोशी
फागुन ६, २०७९ शनिबार २१:४६, कञ्चनपुर

भीमदत्त नगरपालिका–९ स्थित नेपाल–भारत सीमावर्ती बजार ब्रह्मदेवमा दुई जना सशस्त्र प्रहरीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन्।

सीमा सुरक्षामा खटिएका बोर्डर आउट पोष्ट (बीओपी) ब्रह्मदेवका दुई सशस्त्र प्रहरीमािथ भारतीय नागरिकले आक्रमण गरेका हुन।

सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ।

‘सशस्त्र प्रहरीमाथि हातपात गरेको जानकारी आएको छ, हामीले उनीहरुलाई नियन्त्रणमा लिएकाछौँ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले भन्यो, ‘कति चोट लागेको केही जानकारी प्राप्त भइसकेको छैन।’

भारतीय नागरिक ब्रह्मदेवस्थित सिद्धबाबा मन्दिर दर्शकका लागि आएका थिए। उनीहरु अधिकाँसले मादक पदार्थ सेवन गरेको पाइएको छ। 

सीमावर्ती भारतीय क्षेत्रका स्थानीय मानिस दर्शनका ब्रह्मदेव आउने गर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .