सुदूरपश्चिम


बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा...

बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा...

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत ४ , कञ्चनपुर

परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयोभन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थमा साबित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुसीको सीमा छैन। पुर्ख्याैली घर बैतडीको दोगडा केदार गाउँपालिकाको रिम भएका परमानन्द कलौनी बेपत्ता भएको चार दशकपछि दाजु रामदत्त कलौनीको सम्पर्कमा आएका हुन्। विसं २०३८ पछि परिवारबाट टाढिएका परमानन्द डडेल्धुराको आलितालका हरिसिंह मडैमार्फत महेन्द्रनगरमा रहेका दाजु रामदत्तको सम्पर्कमा आएका हुन्। 

“घरबाट २०३८ सालमा निस्कँदा त्यो बेला डडेल्धुरामा सडक बनाउने काममा मजदुरी गर्थ्यो भन्ने सुनिएको थियो”, चार दाजुभाइमध्येका जेठा रामदत्तले रासससित भने, “माइलो परमानन्द जोगबुढा हुँदै डोटीका स्थानीय युवासित भारत पसेको कुराकानीका क्रममा खुल्यो।” 

बैतडीबाट २०५० सालको सेरोफेरोमा महेन्द्रनगर बसाइँ सरेका रामदत्तले भाइ भेटिनेमा आशा नै मारिसकेका थिए। तर बिहीबार साँझ आलितालका मडैमार्फत बैंग्लोरमै घरजम गरेर बसेका भाइसित टेलिफोन सम्पर्क भएको बताए। 

“आलितालका कांग्रेस नेता जनक कलौनी र हरि मडै साथी रहछेन्”, उनले भने, “मडैजीलाई बैंग्लोरमा डेढ दशकअघि देखि मेरै भाइले जागिर लगाएको रहेछ।” बैंग्लोरमा कार्यरत सेक्युरिटी कम्पनीमा परमानन्द ‘प्रेम शर्मा’ का नामले परिचित रहेछन्। “परमानन्द र हरिबीच पुर्ख्याैली घरका बारेमा कुराकानीका क्रममा मेरो भाइको पत्ता लाग्यो”, खुसीले गद्गद् भएका रामदत्तले भने, “यसबीचमा भारतका धेरै ठाउँ तथा काठमाडाँैसम्म खोजे, पत्ता लागेन।” 

भाइसित बिहीबार र शुक्रबार बिहान टेलिफोन कुराकानीपछि बैंग्लोरबाट फोटोसमेत पठाइदिएको उनी बताउँछन्। “बैंग्लोरमा नयाँ घर बनाइरहेकाले घरको काम सकिएपछि महेन्द्रनगर आउने र पहाड जाने दाजु/भाइको सल्लाह भयो”, रामदत्तले भने, “बुबा/आमाको हालखबर सोध्थ्यो, मैले निधन भइसकेको सुनाएँ।”

मडैसित बैतडीको रिम घर भन्ने परिचय दिएपछि परमानन्दको घरपरिवारसित सम्पर्क हुन पुगेको हो। “भाइको घरजम भएर छोरीबाट नातिनी पनि भइसकेछ”, रामदत्तले भने, “ज्योतिषकहाँ हेराउन जाँदा पनि जिउँदै छ भन्थे।” रासस

चैत ४, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.