ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

कञ्चनपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

घटनास्थलमा प्रहरीसहितको टोली।


नेपालखबर
चैत १०, २०७९ शुक्रबार १३:६, महेन्द्रनगर

बाघको आक्रमणबाट कञ्चनपुरस्थित पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। 

नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेसनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो। 

शुक्रबार बिहान दुधुवा नेसनल पार्कमा सार्कीलाई बाघले आक्रमण गरेको हो। पुनर्वास नगरपालिका–१० मदनटोलकी सार्की मेलापातका लागि स्थानीयसँग त्यहाँ गएकी थिइन्।

त्यही बेला उनलाई बाघले आक्रमण गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

अहिले भारतीय सुरक्षाकर्मीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सबडिभिजन वन कार्यालय पचगडियाका प्रतिनिधि घटनास्थल पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .