ad ad

सुदूरपश्चिम


सुदूरपश्चिमको नीति तथा कार्यक्रम : आकर्षक नारा, छैन कार्यान्वयनको विश्वसनीय आधार

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : आकर्षक नारा, छैन कार्यान्वयनको विश्वसनीय आधार

नेपालखबर
जेठ २४, २०८० बुधबार २०:४७, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेश सभामा अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा विगतका वर्षझैं थुप्रै आकर्षक नाराहरु समेटिएका छन्।

यद्यपी नीति तथा कार्यक्रममा समेटिएका कार्यक्रम कार्यान्वयनको विश्वसनीय आधार भने प्रष्ट गरिएको छैन।

प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको हो। जसअनुसार प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने छ।

प्रदेश सरकार कृषकको सहयोगी, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियान, एक स्थानीय तह एक कृषक पाठशालालगायतका कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा समेटिएका छन्।

पर्यटन पूर्वाधार विकास, एकीकृत वस्ती विकास, उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रको विकास समेट्ने गरी आकर्षक नारासहितका कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख छ।

पर्यटन पूर्वाधार समृद्ध प्रदेशको आधार नारा दिँदै सरकारले मुख्यमन्त्री एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ।

प्रदेशको राजधानी निर्धारण भएको ठाउँ अत्तरियामा चिडियाखाना निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।  

प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ। यस्तै, प्रदेश सरकारले आमनागरिकका गुनासो सुन्न हल्लो सीएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

गोदावरी–धनगढी मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने जनाएको छ। सेती, कर्णाली र महाकाली नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

आगामी आर्थिक वर्षका लागि एक जिल्ला एक उद्योग, वैदेशिक रोजगारीका क्रममा भन्सार विन्दुबाट बाहिरिनेको अभिलेख राखिने, मुख्यमन्त्री शैक्षिक पूर्वाधार विकास तथा गुणस्तर सुधार कार्यक्रम ल्याइने छ।

बादी उत्थान छात्रवृत्ति कार्यक्रम, विपन्न वर्ग तथा सहिद बेपत्ता परिवारका विद्यार्थीहरुलाई एमबीबीएस र एमडी अध्ययन गर्न छात्रवृत्तिलगायत कार्यक्रमहरुलाई महत्वका साथ नीति तथा कार्यक्रममा स्थान दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .