ad ad

सुदूरपश्चिम


कैलालीमा खैरो हिरोइनसहित युवक समातिए, अर्का फरार ७ वर्षपछि पक्राउ

कैलालीमा खैरो हिरोइनसहित युवक समातिए, अर्का फरार ७ वर्षपछि पक्राउ

नेपालखबर
जेठ २४, २०८० बुधबार २१:९, कञ्चनपुर

कैलालीमा बुधबार लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। लागु औषध मुद्दामा फरार अर्का युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट ६४० मिलिग्राम लागु औषध खैरो हिरोइनसहित सुनसरी धरान उपमहानगरपालिका–१५ का २७ वर्षीय प्रदीप ढकाललाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई समातेको हो।

यस्तै, लागुऔषध मुद्दामा फरार धनगढी उपमहानगरपालिका–१ का ३० वर्षीय बलबहादुर धामी पक्राउ परेका छन्। उनी करिब ७ वर्षपछि बुधबार घरबाटै समातिएका हुन।

जिल्ला अदालत कैलालीले वि.सं. २०७३ चैत्र १० गते लागु औषध मुद्दामा उनलाई  ८ महिना ११ दिन कैद र ५ हजार जरिवाना तोकेको थियो। त्यपछि उनी फरार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .