सुदूरपश्चिम


मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन रञ्जिताको निर्देशन

मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन रञ्जिताको निर्देशन

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८० बुधबार १४:४४, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत नदिन निर्देशन जारी गरेकी छन्। 

नेपाली कांग्रेसका कमल बहादुर शाहले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न उनले ह्वीप लगाएकी हुन्। 

नागरिक उन्मुक्ति पार्टीका सांसदहरुलाई पत्र लेख्दै रञ्जिताले यस्तो निर्देश जारी गरेकी हुन्।

नाउपाको सुदूरपश्चिम संसदीय दलको बैठक बुधबार बसेर विश्वासको मत दिने निर्णय गर्ने तयारीकाबीच रञ्जिताको निर्देशन आएको हो। 

नाउपाको सुदूरपश्चिम प्रदेश संसदीय दललाई प्रदेश सभाको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकारी केन्द्रीय अध्यक्षलाई भएको रञ्जिताले बताएकी छन्। 

नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालनलगायत कार्यक्रमहरुका लागि घनश्याम चौधरीले संसदीय दलको नेताको रुपमा काम गरिरहेको उनले स्पष्ट पारेकी छन्। 

बिहीबार मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .