हिंस्रक बाघ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्ती घटनास्थल कञ्चनपुरो दोधारा चाँदनी नगरपालिका–२ कमलाशा टोलमा पुगेको छ।
दोधारा चाँदनी नगरपालिका–२ मा महिलालाई आक्रमण गरेर बाग लुकेको छ। बिहीबार बिहान घाँस काटिरहेकी दोधारा चाँदनी नगरपालिका–२ कमलाश टोलकी २६ वर्षीया हिरा शाहको बाघको आक्रमणबाट मृत्यु भएको थियो।
घटनापछि स्थानीय त्रसित छन्। आक्रमणपछि बाघ उखुबारीमा लुकेको आशंका छ। त्यहाँ ठाउँ ठाउँमा धान खेती र उखुबारी छन्।
डार्ट गरेर बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकसहितको टोली पनि आउँदैछ।
57
Shares
प्रतिक्रिया