ad ad

सुदूरपश्चिम


भिडिओमा हेर्नुहोस् कञ्चनपुरमा मान्छे मारेर उखुघारीमा घुमिरहेको बाघ

भिडिओमा हेर्नुहोस् कञ्चनपुरमा मान्छे मारेर उखुघारीमा घुमिरहेको बाघ

कञ्चनपुरमा उखुबारीमा लुकेको बाघ, भिडिओबाट काटिएको तस्बिर।


गोकुल जोशी
साउन १८, २०८१ शुक्रबार ९:३३, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ मा महिला मारेर स्थानीय उखुघारीमा पसेको बाघ नियन्त्रणमा लिने प्रयास जारी छ। 

बिहीबार बिहान स्थानीय २६ वर्षीया हीरा शाहलाई मारेर बाघ नजिकैको उखुबारी छिरेको हो। 

हिजो दिनभरको प्रयास सफल नभएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बिहानैदेखि बाघ नियन्त्रणमा जुटेको छ। 

यसै क्रममा आज बिहान ड्रोन उडाउँदा उखुबारीभित्र बाघ घुमिरहेको देखिएको छ।

हेर्नुहोस् ड्रोनबाट खिचिएको भिडिओ– 

घटना भएको एकदिन बितिसक्दा पनि हिंस्रक बाघ नियन्त्रणमा लिन नसक्दा दोधारा चाँदनी क्षेत्रका बासिन्दा त्रसित छन्।

बाघ पक्रन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया र शुक्ला पोस्टबाट ४ हात्तीसहितको टोली बिहीबार अपराह्न ४ बजे घटनास्थल पुगेको थियो। तर हात्ती र ड्रोनको सहायताले राति ८ बजेसम्म उखुबारीमा खोजी गर्दा पनि बाघ नियन्त्रणमा लिन सकेन। 

झण्डै १० बिगाहमा फैलिएको उखुबारीभित्र बाघ कहिले यता, कहिले उता गरिरहेकाले लामो प्रयास गर्दा पनि प्राविधिक टोली पक्रन सफल भएन। 

त्यसपछि निकुञ्जको टोली उखुबारीलाई सेतो कपडाले घेरेर बिहीबार रातभर त्यहीँ बसेको छ। 

बाघलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए।

‘हिजो राति बाघ उखुबारीभित्रै सुतेको देखिएको थियो। रातिको समयमा नियन्त्रणमा लिन सकिएन,’ शुक्रबार (आज) बिहान नेपालखबरसँग कुराकानी गर्दै उनले भने, ‘अहिले उखुबारीमा बाघको खोजी र नियन्त्रणमा लिने प्रयास गर्दै छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .