कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ की २६ वर्षीया हीरा शाहलाई मारेर उखुबारीमा पसेको हिंस्रक बाघलाई बेहोस हुने सुई लगाइएको छ।
बिहीबार दिउँसो ४ बजेदेखि डार्ट गरेर बाघलाई नियन्त्रणमा लिने प्रयासमा रहेको प्राविधिक टोली औषधीसहित एक सुई लगाउन सफल भएको हो।
‘बेहोस गर्ने एउटा सुई लगाइको छ। आधा घण्टा हेर्छौँ। बेहोस नभए फेरि गर्छौँ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने।
117
Shares
प्रतिक्रिया