ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा लंगुरबुर्जा खेल्नेलाई समात्न गएको प्रहरी टोलीमाथि आक्रमण, भ्यान तोडफोड

डीएसपी जोशी घटनास्थल जाँदै
कञ्चनपुरमा लंगुरबुर्जा खेल्नेलाई समात्न गएको प्रहरी टोलीमाथि आक्रमण, भ्यान तोडफोड

आक्रमणले प्रहरी चढ्ने भ्यानको फुटेको सिसा


नेपालखबर
असोज १०, २०८१ बिहिबार १०:४३, कञ्चनपुर

कञ्चनपुरमा डिउटीमा खटिएका प्रहरी निरीक्षकसहितको टोलीमाथि आक्रमण भएको छ।

बुधबार राति ११ बजेतिर इलाका प्रहरी कार्यालय (त्रिभुवनबस्ती) का प्रहरी निरीक्षक महेशविक्रम शाहको टोलीमाथि आक्रमण भएको हो।

पुनर्वास नगरपालिका–७ बुद्धबस्तीमा लंगुरबुर्जा (स्थानीय भाषामा खडखडे) खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा आफूसहितको टोलीमाथि आक्रमण भएको प्रहरी निरीक्षक शाहले बताए।

खडखडे खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको थियो। उक्त समूहले प्रहरीमाथि आक्रमण गर्नाका साथै प्रहरी टोली चढेको भ्यान तोडफोड गरेका हुन्।

घटनास्थलमा स्थानीय भीड बढ्दै गएपछि प्रहरी टोली फिर्ता भएको थियो। प्रहरी निरीक्षक शाहसहित ५ जना प्रहरीलाई सामान्य चोट लागेको छ। 

प्रहरी टोलीमाथि आक्रमण गर्ने कोही पनि समातिएका छैनन्। उनीहरूको पहिचान गरेर खोजी गरिने प्रहरीले जनाएको छ।

प्रहरी भ्यानको अगाडिपिट्टको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।

प्रहरीमाथि आक्रमण भएको घटना बाहिरिएपछि छानबिनका लागि डीएसपी जोशी त्रिभुवनवस्ती जाँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .