कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा बाघको आक्रमणबाट महिलाको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्।
बिहीबार बिहान घाँस काटिरहेकी दोधारा चाँदनी नगरपालिका–२ कमलाश टोलकी २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो।
आक्रमणपछि बाघले महिलालाई घिसारेर नजिकैको उखुबारीमा लगेको थियो। महिलाको शव अहिले पोष्टमार्टमका लागि लगिएको छ।
बाघको आक्रमणपछि त्रसित स्थानीय लाठी समातेर बसेका छन्। बाघको खोजी भइरहेको छ। आक्रमणपछि बाघ उखुबारीमा लुकेको आशंका छ। त्यहाँ ठाउँठाउँमा धानखेत र उखुबारी छन्।
कञ्चनपुरमा घाँस काटिरहेका बेला बाघले आक्रमण गर्दा २३ वर्षीया युवतीको मृत्यु
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले ड्रोनको सहायताले बाघको खोजी गरिरहेको संरक्षण अधिकृत मनोज ऐरले बताए। बाघको खोजी गर्दै डार्ट गरेर नियन्त्रणमा लिइने उनले बताए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली घटनास्थल आइरहेको छ। पिपरैया पोष्ट र शुक्ला पोष्टबाट हात्ती मगाइएको ऐरले बताए।
यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जबाट डार्ट गर्ने औषधी मगाइएको छ।
Shares
प्रतिक्रिया