काठमाडौँ उपत्यकाकामा आज (सोमबार) बिहान चिसो हिजो (आइतबार) को तुलनाका केही कम भएको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबारको तुलनामा सोमबार बढेको हो।
महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार काठामडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा उक्लिएको हो। हिजो आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ भने सबैभन्दा माथि पुगेको तापक्रम अधिकतम तापक्रम हुन्छ।
हेर्नुहोस् मौसम महाशाखाले सोमबार बिहान सार्वनजनिक गरेको तापक्रम विवरण:

नोट : अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुने भएकाले माथिको सूचीमा न्यूनतम तापक्रम मात्र आजका हुन्, अधिकतम तापक्रम हिजै (आइतबार) का हुन्।
Shares

प्रतिक्रिया