बागमती


काठमाडौँ उपत्यका आज थप चिसो, न्यूनतम तापक्रम ६ डिग्रीमा झर्‍यो

काठमाडौँ उपत्यका आज थप चिसो, न्यूनतम तापक्रम ६ डिग्रीमा झर्‍यो

नेपालखबर
मंसिर २४, २०८२ बुधबार ६:२०, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (बुधबार) बिहान मंगलबारभन्दा चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियसमा झरेको छ।

हिजो मंगलबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजे थप घटेर मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस कायम भएको थियो। 

आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेलासम्म न्यूनतम तापक्रम अरू घट्न सक्छ अथवा कहिलेकाहीँ अहिलेकै कायम रहन पनि सक्छ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।  

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

हिजो मंगलबार यस्तो थियो देशका विभिन्न स्थानमा न्यूनतम र अधिकतम तापक्रम:

स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad