कारोबार


सम्पत्ति शुद्धीकरणको कारण देखाएर घटाइयो नगद कारोबारको सीमा, ५ लाख बढीको कारोबार चेकबाट मात्रै

सम्पत्ति शुद्धीकरणको कारण देखाएर घटाइयो नगद कारोबारको सीमा, ५ लाख बढीको कारोबार चेकबाट मात्रै

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १७:४५, काठमाडौँ

अब बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीले ५ लाखसम्मको कारोबार मात्रै अनलाइनबाट गर्न पाउने भएका छन्। 

राजपत्रमा प्रकाशित भइसकेको सरकारी निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद सीमासम्बन्धी निर्देशन दिएको हो। 

नयाँ व्यवस्थाअनुसार अब वस्तु तथा सेवा खरिदका लागि ५ लाखभन्दा बढीको रकम भुक्तानी गर्नुपर्दा ग्राहकले चेकबाट मात्रै गर्न पाउनेछन्।

यस्तै वित्तीय संस्था निक्षेप राख्न वा झिक्न अथवा अन्य वित्तीय कारोबार गर्नका लागि चेक अनिवार्य गरिएको हो। यसअघि चेक क्लियरिङ तथा भुक्तानीसम्बन्धीको कारोबारमा १० लाखसम्मको कारोबार चेकविना नै गर्न पाउने व्यवस्था थियो।

सो व्यवस्थालाई संशोधन गर्दै ५ लाखमा झारिएको छ। राष्ट्र बैंकको निर्देशनले निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीका लागि दिएको निवेदनको व्यहोरा खुलाएमा उक्त सीमाभन्दा बढी नगद भुक्तानी गर्न पाउने वैकल्पिक व्यवस्था पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad