कारोबार


सामान्य अंकले बढ्यो सेयरबजार

सामान्य अंकले बढ्यो सेयरबजार

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १५:१३, काठमाडौँ

सेयरबजारमा आज सामान्य अंकको बढावट देखिएको छ। बजार सूचक नेप्से ५.३६ अंकले बढेर २८३८.४० विन्दुमा पुगेको हो। 

योसँगै बजारमा आज १ करोड ८० लाख कित्ता बिक्रीपछि कुल ७ अर्ब ४६ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। शुक्रबार १०८ वटा सेयरको मूल्य बढ्दा १५० वटाको घटेको र १२ वटाको स्थिर रहेको छ। 

यस दिन होटल र पर्यटन, जलविद्युत्, उत्पादन, अन्य र व्यापार समूह बढेका छन् भने निर्जीवन बीमा, सामूहिक लगानी कोष, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी फाइनान्स, विकास बैंक र वाणिज्य बैंक घटेका छन्। 

बढेका समूहबाट सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर डेभलपमेन्टको सर्किट ब्रेक लाग्दा घटेका समूहबाट एसियन हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, इमर्जिङ नेपाल, नारायणी डेभलपमेन्ट बैंकलगायत ४.५४ प्रतिशतसम्मले झरेका छन्। 

यस दिन नेशनल हाइड्रोको ६६ करोड बढीको सेयर कारोबार भएको छ। यसबाहेक सोलु हाइड्रोपावरको ३७ करोड, रिडी पावरको ३४ करोड, रिलायन्स स्पिनिङ मिल्सको ३२ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad