निर्माण सामग्री ब्रान्ड फोमीले पोखरामा नयाँ एक्स्पिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।
पोखरा-जोमसोम राजमार्गसँगै बिन्ध्यवासिनीस्थित अर्चलबोटमा स्थापना गरिएको सेन्टरमा फोमीका सबै उत्पादन पाइने भएका छन्। यस सेन्टरबाट फोमीका आधुनिक, वातावरणमैत्री तथा सौन्दर्यपरक वाल कभरिङ एमसीएम उत्पादन खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

एक्स्पिरियन्स सेन्टरमा विश्वप्रसिद्ध सिवेल ब्रान्डको सिस्टम एल्युमिनियमका उत्पादन पनि प्रदर्शनीमा रहेका छ्न। त्यस्तै, कफी ब्रान्ड माउन्टेनमग कफीको आउटलेट समेत सोही परिसरभित्र सञ्चालनमा ल्याइएको छ।
बहुराष्ट्रिय कम्पनी फोमीका उत्पादनहरू मेक्सिको, चेक रिपब्लिक र चीनमा उत्पादन भई विश्वका १२८ देशमा रहेका फोमी अपरेशन सेन्टरमार्फत वितरण हुँदै आएका छन्।
36
Shares

प्रतिक्रिया