कारोबार


लगातार घटिरहेको अमेरिकी डलर, युरो र पाउन्डको विनिमयदर आज कति?

लगातार घटिरहेको अमेरिकी डलर, युरो र पाउन्डको विनिमयदर आज कति?

नेपालखबर
बैशाख ६, २०८३ आइतबार ५:१६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

हिजो घटेको अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबै विदेशी मुद्राको विनिमयदर आज स्थिर छ। 

विगत केही दिनदेखि अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहितका मुद्राको भाउ लगातार घट्दै आएको थियो। 

आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

यही चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा छ। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा छ।  

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ५८ पैसा छ।  

आज बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ १२ पैसा छ। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad