कारोबार


लिपमोटर बीओ३एक्स एसयूभी सार्वजनिक, मूल्य ४४ लाख ९९ हजार (तस्बिर)

लिपमोटर बीओ३एक्स एसयूभी सार्वजनिक, मूल्य ४४ लाख ९९ हजार (तस्बिर)

नेपालखबर
साउन २२, २०८३ शुक्रबार २१:७, काठमाडौँ

एसयूभी लिपमोटर बीओ३एक्स नेपाल सार्वजनिक भएको छ। 

नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बीओ३एक्स शुक्रबार सार्वजनिक गरेको हो। 

‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ को आधुनिक अवधारणा बीओ३एक्सको मूल्य ४४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। 

कम्पनीका अनुसार नेपालका विभिन्न सडकको अवस्थालाई ध्यानमा राखी तयार पारिएको लिपमोटर बीओ३एक्सले दैनिक व्यवहारिक प्रयोग र उच्चस्तरीय प्रविधिलाई उत्कृष्ट रूपमा संयोजन गरेको छ।

यस श्रेणीमै उत्कृष्ट १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर्सको ब्याट्री क्षमता रहेको यस एसयूभीले ५०५ किलोमिटरसम्मको (सीएलटीसी) रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। 

साथै यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन छ। सुरक्षाका दृष्टिले यसमा ‘एडिएस लेभल २’ प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र इन्टेलिजेन्ट ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad