कारोबार


हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

नेपालखबर
माघ १, २०८२ बिहिबार १७:२१, काठमाडौँ

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड ‘हायर’ विश्वको नम्बर १ ब्रान्ड घोषित भएको छ।

बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनलको पछिल्लो तथ्यांङ्क अनुसार बिक्री परिमाणका आधारमा हायर होम एप्लायन्समा पुनः एकपटक विश्वकै अग्रणी ब्रान्ड बन्न सफल भएको हो।

योसँगै हायर ब्रान्डले विगत १७ वर्षदेखिको आफ्नो यो ऐतिहासिक सफलतालाई कायम राख्न सफल भएको छ।

विश्वभरका प्रयोगकर्ताहरूको अटुट विश्वास र सद्भावका कारण हायरले लगातार १७ वर्षदेखि यो ऐतिहासिक सफलता कायम राख्न सफल भएको हो। युरोमोनिटर इन्टरनेशनलले जारी गरेको सन् २०२५ को तथ्यांकअनुसार बिक्रीका आधारमा रेफ्रिजेरेटरतर्फ विगत १८ वर्षदेखि हायर विश्वकै नम्बर एक ब्रान्ड बन्दै आएको छ भने वासिङ मेसिनमा १७ वर्षदेखि र वाइन कुलरतर्फ विगत १६ वर्षदेखि हायरका उत्पादन लगातार विश्वको नम्बर १ प्रोडक्टका रुपमा स्थापित छन्। त्यतिमात्रै नभएर हायर ब्रान्डको फ्रिजर बिक्रीका आधारमा विगत १५ वर्षदेखि विश्वकै नम्बर १ प्रोडक्टको रुपमा कायम छ। 

‘ग्राहकको भावना बुझ्ने र उत्पादनमा नवीनता ल्याउने प्रयास हायरको यो निरन्तर सफलताको रहस्य हो। हामी प्रयोगकर्ताहरूलाई सधैँ केन्द्रमा राखेर प्रयोगकर्ताकै आवश्यकता अनुसारका समाधानहरू उपलब्ध गराउँन तत्पर छौँ। हायरले ग्राहकका कुराहरू ध्यान दिएर सुन्छ’, कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उदाहरणका लागि, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले साना लुगाहरू धुने छुट्टै ठाउँ आवश्यकता देखाउँदै कमेन्ट गर्ने गरेको देखेपछि कम्पनीले, ‘मल्टी ड्रम’ वासिङ मेसिनको आविस्कार गरेको थियो। 

यसका साथै, मौसमका हिसाबले सधैँ चिसो हुने ठाउँमा त्यहीअनुसारको वासिङ मेसिन, ऊर्जा खपत कम चाहिने ठाउँमा सोहीअनुसारको प्रविधिलाई कम्पनीले अवलम्बन गरेको छ। यसले ग्राहकको सुझाव र स्थानीय आवश्यकतालाई कम्पनीले कसरी विश्वव्यापी प्रविधिसँग जोड्दै अघि बढिरहेको छ भन्ने प्रस्ट पार्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad