कला


ऋतिकलाई डाक्टरले भनेका थिए- 'अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ'

ऋतिकलाई डाक्टरले भनेका थिए- 'अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ'

नेपालखबर
पुस २६, २०८२ शनिबार ६:१२, काठमाडौँ

बलिउडमा हामीलाई आफ्ना कमजोरी शक्तिमा परिणत गर्न र सफलताको शिखरमा पुग्न प्रेरित गर्ने कुनै अभिनेता छ भने त्यो ऋतिक रोशन हुन्। जसलाई बलिउडको 'ग्रिक गड' भनेर चिनिन्छ।

अभिनेताका लागि स्पष्ट उच्चारण, शारीरिक तन्दुरुस्ती, नृत्य र कार्य कौशलको व्यापक माग गरिन्छ। तर यो नै ऋतिकको सबैभन्दा ठुलो कमजोरी थियो।

बाल्यकालमा भकभकाउने समस्या, त्यसपछि २१ वर्षको उमेरमा स्कोलियोसिस नामको गम्भीर बिरामी- सबैले ऋतिकको सपनालाई कुचल्ने प्रयसा गरे। यतिसम्म कि डाक्टरहरूले उनलाई अभिनयलाई पेसा बनाए जीवनभर अपांगता हुन सक्ने चेतावनीसमेत दिएका थिए।

तर उनी आफ्ना कमजोरी तथा रोग सबैलाई जितेर आज अभिनयको दुनियाँमा यो उचाइमा पुगे।

बुबा चाहन्थे कि ऋतिकले पढाइमा ध्यान दिऊन् 

ऋतिक रोशनले प्राथमिक शिक्षा बम्बे स्कटिस स्कुलबाट पूरा गरे। यसपछि उनले सिडेनह्याम कलेजबाट वाणिज्यमा स्नातक गरे।

उनका बुबा राकेश रोशन चाहन्थे- छोरोले आफ्नो पढाइमा ध्यान केन्द्रित गरून् र विदेशमा थप अध्ययन गरून्। यसबिच ऋतिकलाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट छात्रवृत्तिको अफर पनि आएको थियो।

यद्यपि सानै उमेरदेखि नै ऋतिकको अभिनय र सिनेमाप्रतिको गहिरो लगावले उनलाई यो सुनौलो शैक्षिक अवसर अस्वीकार गर्न बाध्य तुल्यायो।

फिल्म सेटमा झाडु लगाउँथे ऋतिक 

फिल्म क्षेत्रमा संलग्न परिवारका भए पनि ऋतिक रोशनले सिधै फिल्म खेलेनन्। सुरुमा उनले फिल्म सेटमा झाडु लगाउनेसम्म काम गरे। 

रिपब्लिक वर्ल्डमा प्रकाशित रिपोर्टअनुसार, ऋतिक रोशनले एक अन्तर्वार्तामा भनेका छन्- मैले सेटमा कडा परिश्रम गरेँ। फिल्म निर्माणको सूक्ष्मता बुझ्न सेट सफा गर्ने, चिया खुवाउने र ताली बजाउनेजस्ता ससाना काम पनि गरेँ।

यसपछि उनले बुबा राकेश रोशनसँग सहायक निर्देशकका रूपमा काम गर्न थाले। उनले किङ अंकल, करण अर्जुन र कोयलाजस्ता फिल्ममा काम गरे।

सहायक निर्देशकका रूपमा अनुभव हासिल गरेपछि उनले सन् २००० मा 'कहो ना प्यार है' बाट अभिनेतामा डेब्यु गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad