भारतीय राज्य हरियाणाको जिन्द जिल्लामा एउटी महिलाले एघारौँ पटक गर्भवती भएर छोरा पाउने चाहना पूरा गरेकी छन्।
उचाना भन्ने स्थानको परिवारमा एघारौँ प्रयासमा छोरो जन्मेपछि खुसीयाली छाएको छ। ती महिला यसअघि १० छोरीकी आमा भइसकेकी छन्।
अस्पतालमा प्रसूति गराइए पनि सामान्य रूपमा ती महिला सुत्केरी भइन्।
१० छोरीपछि छोरो भएको खुसीमा अस्पताललाई बेलुनहरूले सजाइएको थियो।
महिलाका पतिले आफूहरूको विवाह भएको १९ वर्ष भइसकेको बताए। उनकी जेठी छोरी १२ कक्षामा पढ्छिन्।
एक महिला पत्रकारले अस्पतालमा त्यो परिवारसँग कुरा गरेकी छन् र भिडिओ सामाजिक सञ्जालमा सेयर गरेकी छन्।
जब ती पुरुषलाई आफ्ना १० छोरीको नाम भन्न लगाइयो तब उनले दुईको नाम बिर्सिए।
Jind, Haryana: A woman has given birth to her 11th child - a BOY, after having 10 daughters.
— Dr Ranjan (@AAPforNewIndia) January 6, 2026
The Govt should take away all 11 children; these parents clearly aren't fit to raise them. pic.twitter.com/X8fneVnJAK
Shares

प्रतिक्रिया