भारतको ओडिसा राज्यस्थित राउरकेलामा शनिबार नौ सिट भएको चार्टर्ड विमान दुर्घटना भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा पाइलटसहित विमानमा सवार सबै ९ जना घाइते भएका छन्।
सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।
अधिकारीहरूका अनुसार घाइतेहरूको अवस्था स्थिर छ, कसैको पनि ज्यान जोखिममा छैन।
इन्डियन वन एयरको स्वामित्वमा रहेको विमान दुर्घटनामा परेको हो।
विमान राउरकेलाबाट करिब १५ किलोमिटर टाढा दुर्घटना भएको बताइएको छ।
भिडिओ-
#WATCH | Odisha, Rourkela: A small private plane crashed at Kansar, Rourkela, in Sundargarh District, with people trapped inside. Upon receiving the information, fire units from Rourkela Fire Station and Panposh Fire Station were rushed to the scene for rescue efforts.
— ANI (@ANI) January 10, 2026
(Source:… https://t.co/wJeK4Ru8Vo pic.twitter.com/Ku6d0tob7e
दुर्घटनाको खबर पाउनासाथ उद्धार टोली घटनास्थल पुगेर सबै यात्रुलाई बाहिर निकालेका थिए।
घाइते उनीहरू सबै डाक्टरको निगरानीमा छन्।
Shares

प्रतिक्रिया