अमेरिका-इजरायल-इरान युद्ध आज (मार्च ८ तारिख) नवौँ दिनमा प्रवेश गरेको छ।
यसैबिच इजरायलले इरानमा तेल भण्डार र रिफाइनरी स्थलविरुद्ध हवाई आक्रमण सुरु गरेको छ।
इजरायली मिडिया वाइनेटका अनुसार, इरानका ३० इन्धन ट्यांकी र तीन तेल डिपोलाई निसाना बनाइएको छ।
उता बदलास्वरूप इरानले इजरायल, कुवेत, साउदी अरेबिया, बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) लगायत पाँच देशमा आक्रमण गरेको छ।
यसैबिच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिका र इजरायलविरुद्ध ६ महिनाको युद्ध लड्न सक्षम रहेको दाबी गरेको छ।
आईआरजीसीका प्रवक्ता अली मोहम्मद नैनीले इरानी सेना र रिभोलुसनरी गार्ड दुवै लामो समयसम्म द्वन्द्व गर्न सक्षम रहेको दाबी गरेका हुन्।
उनले मध्यपूर्वमा रहेका अमेरिकी र इजरायली सैन्य अड्डा र आधारका २०० भन्दा बढी लक्ष्यमा निसाना लगाइएको दाबी गरे।
अमेरिका-इजरायल-इरान युद्धका प्रमुख ५ अपडेट...
-अहिलेसम्म इरानमा ६ हजार ६६८ नागरिक क्षेत्रलाई निसाना बनाइएको छ।
-जसमा ५,५३५ घर र १,०४१ पसलमा क्षति भएको छ।
-१४ चिकित्सा केन्द्र र ६५ विद्यालयमा पनि आक्रमण गरिएको छ।
-अमेरिका-इजरायल-इरान युद्धमा अहिलेसम्म १ हजार ४८३ जनाको मृत्यु भइसकेको छ।
-युद्धमा १,७६५ इजरायली घाइते भएका छन्।
Shares

प्रतिक्रिया