ग्लोबल


ट्रम्पको दाबी: इरानको दोस्रो ठुलो सहर मसहद प्रदर्शनकारीको कब्जामा

ट्रम्पको दाबी: इरानको दोस्रो ठुलो सहर मसहद प्रदर्शनकारीको कब्जामा

इरानमा प्रदर्शनकारीले गरेको आगजनी।


नेपालखबर
पुस २६, २०८२ शनिबार ७:१५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानको दोस्रो ठुलो सहर मसहद अब प्रदर्शनकारीहरूको नियन्त्रणमा रहेको दाबी गरेका छन्।

उनले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै लेखेका छन्, 'दश लाखभन्दा बढी मानिसले प्रदर्शन गरेका छन्। इरानको दोस्रो ठुलो सहर प्रदर्शनकारीहरूको नियन्त्रणमा परेको छ। सरकारी सुरक्षाकर्मीले सहर छाडेका छन्।'

मसहदको जनसंख्या लगभग चार लाख छ। तुर्कमेनिस्तान र अफगानिस्तानको सीमानजिक अवस्थित यो इरानको सबैभन्दा ठुलो धार्मिक सहर हो। मसहदमा सिया मुस्लिमहरूको प्रमुख तीर्थस्थल इमाम रेजाको पवित्र मन्दिर पनि छ।

यद्यपि सहर कब्जा भनेर ट्रम्पले गरेको दाबी पुष्टि भएको छैन। सुरक्षा बलले सहर त्यागेको वा मसहद प्रदर्शनकारीहरूको नियन्त्रणमा परेको कुनै विश्वसनीय रिपोर्टले पुष्टि गरेको छैन।

शुक्रबार मात्र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले प्रदर्शनकारीहरूलाई अमेरिकाका राष्ट्रपति ट्रम्पलाई ‘खुसी पार्न’ चाहने ‘बदमासहरूको समूह’को संज्ञा दिएका थिए।

इरानमा बढ्दो महँगी र बिग्रिँदो आर्थिक अवस्थाको विरोधमा गत डिसेम्बर २८ मा तेहरानबाट सुरु भएको प्रदर्शन अहिले देशभरजसो फैलिएको छ। 

इरानस्थित ह्युमन राइट्स् एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) का अनुसार प्रदर्शनको अहिलेसम्म ३४ प्रदर्शनकारी र ७ सुरक्षाकर्मी मारिएका छन्। यस्तै २ हजार २७० प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad