ग्लोबल


भयावह बन्दै इरानमा आन्दोलन, २१७ जना मारिएको दाबी

देशभर इन्टरनेट र फोन सेवा बन्द
भयावह बन्दै इरानमा आन्दोलन, २१७ जना मारिएको दाबी

नेपालखबर
पुस २६, २०८२ शनिबार २०:३६, काठमाडौँ

इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जनाको मृत्यु भएको दाबी गरिएको छ।

टाइम पत्रिकाले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै लेखेको छ, ‘राजधानीका ६ वटा अस्पतालमा कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरिएको छ, जसमध्ये धेरैजसोलाई गोली लागेको छ।’

विरोध प्रदर्शन तीव्र हुँदै जाँदा सुरक्षाकर्मीले बिहीबार राति धेरै स्थानमा गोली चलाएका थिए र यसपछि पनि कारबाही जारी छ।

यसैबिच रिभोलुसनरी गार्डका एक अधिकारीले सरकारी टीभीसँग कुरा गर्दै अभिभावकहरूलाई आफ्ना छोराछोरीहरूलाई प्रदर्शनबाट टाढा राख्न र गोली लागेमा गुनासो नगर्न चेतावनी दिएका छन्।

विरोध प्रदर्शन रोक्न इरान सरकारले पूरा शक्ति प्रयोग गरिरहेको छ। शुक्रबार रातिका रक्तपातपूर्ण तस्बिरले यसको पुष्टि गरेका छन्। 

इरान सरकारले देशभर इन्टरनेट र फोन सेवा लगभग बन्द गरेको छ।  

इरानमा जारी आन्दोलनअन्तर्गत शुक्रबार रातिको एउटा दृश्य-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad