ग्लोबल


ग्रिनल्यान्डका प्रधानमन्त्रीले भने: रोज्नै परे अमेरिकाको सट्टा बरु डेनमार्क रोज्छौँ

ग्रिनल्यान्डका प्रधानमन्त्रीले भने: रोज्नै परे अमेरिकाको सट्टा बरु डेनमार्क रोज्छौँ

संयुक्त पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सन र डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिक्सन


नेपालखबर
पुस ३०, २०८२ बुधबार १५:२८, काठमाडौँ

ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले यदि आफूहरूलाई रोज्न लगाइयो भने अमेरिकाको सट्टा डेनमार्क रोज्ने बताएका छन्।

डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिक्सनसँगको संयुक्त पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्रधानमन्त्रीले दिएको यो अभिव्यक्ति अहिलेसम्मकै कडा मानिएको छ। 

पत्रकार सम्मेलनमा उनले भने, ‘यदि हामीले अमेरिका र डेनमार्कमध्ये एक रोज्नुपर्‍यो भने यहीँ र अहिले हामी डेनमार्क रोज्नेछौँ।’

उनले थपे, ‘एउटा कुरामा सबै स्पष्ट हुनुपर्छ- ग्रिनल्यान्ड अमेरिकाको शासनमा रहन चाहँदैन, अमेरिकाको हिस्सा बन्न चाहँदैन।’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो दशेमा गाभ्ने योजना बनाइरहेको खबर बाहिरिएका बेला त्यहाँका प्रधानमन्त्रीले बरु आफूहरू डेनमार्कमा मिल्न तयार रहेको प्रतिक्रिया दिएका हुन्। 

केही दिनअघि मात्र ट्रम्पले ग्रिनल्यान्ड अमेरिकाले कब्जा नगरे रुस र चीनको नियन्त्रणमा जाने दाबी गरेका थिए। यसैले पनि ग्रिनल्यान्डको स्वामित्व आफूहरूले लिनैपर्ने बाध्यता भएको जिकिर उनले गरेका छन्।

ग्रिनल्यान्ड डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र हो र यसको आफ्नै सरकार छ।

नेटोको सदस्य राष्ट्र डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिक्सनले अमेरिकाले ग्रिनल्यान्डमा बल प्रयोग गरे नेटो भंग हुने चेतावनी दिएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad