भेनेजुएलाविरुद्ध सैन्य हमलापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमाथि दबाब बढाएका छन्।
ट्रुथ सोसलमा उनले लेखेका छन्, 'राष्ट्रिय सुरक्षाका लागि अमेरिकालाई ग्रिनल्यान्ड चाहिन्छ। हामीले निर्माण गरिरहेको गोल्डेन डोमका लागि यो महत्त्वपूर्ण छ। यसमा नेटोले हामीलाई नेतृत्व गर्नुपर्छ। यदि हामीले गरेनौँ भने यो रुस वा चीनले गर्नेछ।'
उनले अगाडि लेखेका छन्, 'सैन्य रूपमा विशाल अमेरिकी शक्तिबिना नेटो प्रभावकारी शक्ति हुन सक्दैन। मैले मेरो पहिलो कार्यकालमा यो शक्तिको ठुलो हिस्सा निर्माण गरेको थिएँ र अब यसलाई उच्च स्तरमा लैजाँदै छु। यो उनीहरूलाई थाहा छ र मलाई पनि।'
ट्रम्पले भनेका छन्, 'यदि ग्रिनल्यान्ड अमेरिकाको हातमा भयो भने नेटो धेरै बलियो र प्रभावकारी हुन्छ। यसमा कुनै पनि स्वीकार्य छैन।'
अर्को पोस्टमा उनले रुस र चीनको गतिविधिबारे डेनिस गुप्तचर रिपोर्ट सार्वजनिक गर्दै लेखेका छन्, 'डेनमार्कले रुस र चीनलाई हटाउन सक्दैन..यो काम अमेरिकाले मात्र गर्न सक्छ।'
ट्रम्पले बारम्बार भनिरहेका छन्-ग्रिनल्यान्डको स्वामित्व अमेरिकाको सुरक्षाका लागि आवश्यक छ।
यसैबिच ग्रिनल्यान्डका प्रधानमन्त्रीले अमेरिकाको सट्टा डेनमार्क रोज्ने बताएका छन्।
Shares

प्रतिक्रिया