अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब इरानमा आन्दोलनकारीलाई मृत्युदण्ड नदिइने दाबी गरेका छन्।
आफूलाई विश्वसनीय स्रोतले जानकारी दिएको उल्लेख गर्दै बुधबार ट्रम्पले इरानमा विरोध प्रदर्शनकारीलाई दिने भनिएको मृत्युदण्ड रोकिएको दाबी गरेका हुन्।
यद्यपि यस विषयमा उनले थप कुरा बताएनन्।
यसअघि ट्रम्पले मंगलबार इरान सरकारले पक्राउ गरिएका एक आन्दोलनकारीलाई मृत्युदण्ड दिन लागेको भन्दै त्यसो गरेमा इरानविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएका थिए।
बुधबार इरानी सरकारले २६ वर्षीय प्रदर्शनकारी इरफान सोल्टानीलाई मृत्युदण्ड दिने घोषणा गरेको थियो।
देशमा बढेको महँगी र कमजोर आर्थिक अवस्थाको विरोधमा गत डिसेम्बर २८ देखि इरानमा जनप्रदर्शन भइरहेको छ।
यस क्रममा त्यहाँ अहिलेसम्म १२ हजार मानिस मारिएको आशंका गरिएको छ।
Shares

प्रतिक्रिया